फाइल तस्वीर


मेक्सिको – पश्चिमी मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको भूकम्प गएको अनुमान गरेको छ ।

भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर (३७ माइल) दक्षिणमा र मेक्सिको सिटीबाट सयौँ किलोमिटर पश्चिममा रहेको भूकम्पविद्हरूले बताएका छन् ।

उक्त भूकम्पबाट कम्तिमा एक जनाको मृत्यु भएको छ भने कयौं भौतिक संरचनाहरुको क्षति भएको समाचारमा जनाइएको छ । यद्यपि, भूकम्पबाट के कति क्षति भएको छ सो बारे यकिन विवरण आइसकेको छैन । मेक्सीकोमा सन् १९८५ र २०१७ मा गरी दुई ठूला भूकम्प गएको थियो ।

मेक्सिको सिटीको भूकम्पको अलार्म राजधानीले आपतकालीन प्रकोप अभ्यास गरेको एक घण्टा नहुँदै बजेको थियो, जसले मानिसहरूलाई फेरि सडकमा बाहिर पठायो । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार गएराति ६ः५ मा उक्त भूकम्प गएको हो ।