काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर परीक्षणका क्रममा २५ जना र १ हजार १ सय २९ एन्टीजेन परीक्षणका क्रममा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ६१ जना सङ्क्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।

हाल नेपालमा १ हजार ८ सय ३० सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।