काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३३ दशमलव अङ्कले घटेको हो ।

आज बजारमा आज २२९ कम्पनीको ६२ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् । २७ हजार पटकको उक्त खरिदबिक्रीमा १ अर्ब ६० करोड १८ लाख २२ हजारको कारोबार भएको छ ।

बजार खुलेयता निरन्तर ओरालो लागेको थियो। फलतः सबै उपसूचकहरु राताम्य हुनपुगेका छन्। यसअनुसार १८० कम्पनीको सेयर घटेको र ८ वटाको मात्र बढेको नेप्सेले जनाएको छ ।

आइतबार लगानीकर्ताले ५ दशमलव ३५ प्रतिशतसम्म कमाउँदा ७ दशमलव ८५ प्रतिशतसम्म गुमाउनुपरेको छ । आज लक्ष्मी बैंकको २१ करोडको कारोबार भएको छ । यो नै आजको सर्वाधिक कारोबार हो ।