काठमाडौं – दशैं नजिकिंदै गर्दा नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज आइतबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।