एजेन्सी – अमेरिकाको कोलोराडोमा शनिबार हावामा दुई विमान एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटना भएका विमानमध्ये एउटा विमानमा दुई जना र अर्को विमानमा एक जना सवार थिए । दुवै विमानको अवशेष फरक फरक स्थानमा पाइएको थियो ।

शनिबार बिहान उक्त दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले बताएको छ । दुर्घटनामा परेका विमानहरुमा एउटा केसेना १७२ र अर्को सोनेक्स सेनोस रहको बताइएको छ ।

मृतकको पहिचान भने खुलाइएको छैन । उक्त विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।