काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ५७४ पीसीआर तथा २ हजार १६६ एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १६ जना पुगेको छ ।

शनिबार १ सय ३१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर १ हजार ९ सय ६६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।