काठमाडौं – भुटानमाथि सानदार जित निकाल्दै बङ्गलादेश साफ महिला च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानमाथि ८–० को फराकिलो जित निकाल्दै बङ्गलादेश दोस्रो पटक फाइनलमा पुगेको हो ।

बङ्गलादेशको जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन् । जहान स्वप्ना, श्रीमती कृष्ण रानी सरकार, नितु पुर्ण चक्मा, मसुरा प्रविन, तोहुरा खातुनले एक एक गोल गरे । पहिलो हाफमा ४–० को अग्रता बनाएको सविनाले दोस्रो हाफमा ४ गोल थपिन् ।

बङ्गलादेश सन् २०१६ पछि फाइनलमा पुगेको हो । बङ्गलादेशले अब उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दैछन् ।