काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ७५२ पीसीआर तथा २ हजार ७५ एन्टिजेन परीक्षण गर्दा १ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना कोरोना भाइरसको सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ भने सोही अवधिमा १ सय २६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १६ जना पुगेको छ ।

हाल देशभर २ हजार ६२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।