काठमाडौं – नेपाली फिल्म ‘बाबरी’को नयाँ गीत रिलिज भएको छ । सुरेन्द्र पौडेलको कथा, सम्पादन तथा निर्देशनमा तयार पारिएको यो फिल्ममा समावेश गरिएको ‘मायाका रङ्गहरु’बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीत सनुप पौडेल र रचना रिमालले गाएका छन् । गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द तथा सङ्गीत सुन्न सकिन्छ । गीतको भिडियोमा फिल्मका दुई शिर्ष कलाकार अदिती वुढाथोकी र धिरज नाडकरको प्रेम देखाउन खोजिएको छ । यी दुई कलाकारका साथमा धिरज मगरले फिल्मको शीर्ष भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा पुष्पलता वुढाथोकी र गणेश वुढाथोकीले लगानी गरेका छन्। सिजन दाहाल, रित बोहरा, किशोर नेपाल र मनोज त्रिपाठीको सयुक्त लेखन रहेको फिल्म छायांकन नरेन्द्र मैनालीले गरेका छन् । फिल्ममा अन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।