काठमाडौं – साताको पाँचौँ कारोबारको दिन आज बिहीबार सेयर कारोबार नेप्से उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारको सुरुवातदेखि नै ओरालो लागेको नेप्से अन्तिममा उच्च अङ्कको गिरावट भएर बन्द भएको हो ।
बिहीबार नेप्से ५७ अङ्कले बढेर एक हजार ९ सय २४ दशमलव ४८ विन्दुमा बन्द भएको छ । त्यस्तै, नेप्से घटेपनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । नेप्सेमा २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटिजन्स म्युअल फण्ड २ को शेयरमूल्य ४ दशमलव १२ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।