काठमाडौं – साताको पाँचौ दिन आज बिहिबार पनि सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी तेजवी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने बढेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।