काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ९ सय ५५ जनामा पीसीआर विधिबाट तथा २ हजार १ सय २९ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा १ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । सोही अवधिमा १ सय ३० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १५ जना पुगेको छ ।

हाल देशभर २ हजार १ सय ९१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।