काठमाडौं – यू–१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ । कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बङ्गलादेशलाई हराउँदै फाइनल पुगेको हो । दुईबीचको फाइनल खेल आज राति सवा ८ बजे सुरु हुनेछ ।

चौथोपटक फाइनल पुगेको नेपालका लागि पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ । यसअघि तीन पटक नेपाल फाइनल पुगेर पनि भारतसँग निराश बन्दै आएको छ ।

नेपाल र भारत यस पटक एकै समूहमा परेका थिए । जसमा नेपाल ३–१ ले विजयी भएको थियो । सन् २०१९ को फाइनलमा नेपाललाई भारतले ६–० ले पराजित गरेको थियो ।