काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबार देखि नयाँ नोट साट्न थालेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै केन्द्रीय बैंकले आजबाट नयाँ नोट साट्न थालेको हो ।

बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न थालिएको छ । काठमाडौँ उपत्यकामा आजदेखि नयाँ नोट दिन थाले पनि उपत्यकाबाहिर भने असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले रु ५, १०, २०, ५०, १००, ५०० र १००० का एक एक बण्डनल हुने गरी एक व्यक्तिले रु १८ हजार ५ सय रुपैयाँ सम्ममात्र नयाँ नोट साट्न सकिने सीमा तोकेको छ ।