फाइल तस्वीर

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य १ हजार १ सय ७५ रुपैयाँ कायम गरिएको छ ।