काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्सेमा २१ अङ्कले वृद्धि हुन पुगेको छ । केहीदिन यताको निरन्तर ओरालो लागेको नेप्से सूचक आज भने २१ दशमलब ३० अङ्कले वृद्धि भै १९३४ दशमलब ०४ अङ्कले सुधार भएको हो ।

यद्यपि, नेप्सेको कारोबार रकममा भने खासै सुधार भएको देखिंदैन । मङ्गलबार २१ अङ्कले बढेको नेप्से बजारमा जम्मा ९२ करोड २५ लाख ७४ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । यद्यपि, आज १३ वटै उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा धेरै फाइनान्स समूहको उपसूचकमा २ दशमलब १३ प्रतिशतले वृद्धि भएको छ । यसैगरी समूहको उपसूचक सरदर एक प्रतिशतले मात्र बढेको छ । आज बोटलर्स नेपालका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने नेपाल बैंक डिभेन्चर्सका लगानीकर्ताहरुले ९ दशमलब ५९ प्रतिशतले गुमाउन पुगेका छन् ।