काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज मङ्गलबार पछिल्लो २४ घण्टामा २ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका स्वास्थ्य प्रयोगशालाहरुमा कुल पाँच हजार ५९ जनाको पीसीआर विधि र एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको परीक्षण गर्दा २०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट १ हजा ३ सय जनाको स्वास्थ्य परीक्षण गर्दा ८७ जनामा र तीन हजार ७५९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ११६ जनामा सङ्क्रमण देखिएको स्वास्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज १२६ जना सङ्क्रमणमुक्त भएका छन् । आज कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले भने मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या दुई हजार दुई सय ३२ जना रहेका छन् ।