गमगढी – मुगुमा १६ बर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका–१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको हो ।

पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका–४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका–३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका–१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।