काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ ।