फाइल तस्वीर

काठमाडौं – अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म विद्युतीय गाडी ‘नाडा अटो’ प्रदर्शनी गर्न लागेको छ । एसोसिएसनले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको नाडा ईभी एक्स्पोमा विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा समावेश गरी प्रदर्शनीको आयोजना गर्न लागेको जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाका रूपमा सहभागी हुने बताइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य दिनानुदिन महङ्गो हुँदै गएको र नेपालमा विद्युत उत्पादन समेत बढ्न थालेसँग विद्युतीय सवारीसाधन माग पनि बढ्न थालेको छ । विद्युतीय सवारीसाधनको महत्व दिनप्रतिदिन बढ्दै गएको र यस्ता सवारीसाधनको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत प्रदर्शनीले सहयोग पुग्ने विश्वास एसोशिएसनले जनाएको छ ।

अटोमोबाइल्स एसोसिएसन अफ नेपाललेले आयोगना गर्न लागेको उक्त मेलामा ५१ वटा स्टल र ब्लक रहने एसोसिएसनले जनाएको छ ।