काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक वर्षे करार सेवाका लागि आवेदन आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख गरेको हो ।
कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि बैकले आवेदन आह्वान गरेको हो ।

बैंकद्वारा जारी सूचनामा ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागिएको र आवेदन बैंकको वेभसाइटमा गएर सात दिनभित्र भर्न सकिने उल्लेख छ ।