फाइल तस्वीर ।

काठमाडौं – नेपालमा जारी छैटौं साफ महिला च्यामिपयनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएको छ । आज मङ्गलबार हुने दुई खेलमा माल्दिभ्स र पाकिस्तान भिड्ने छन् भने दोश्रोखेल बङ्गलादेश र भारतबीच हुने छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थीत दरशथ रङ्गशालामा दिउँसो १ बजे माल्दिभ्स र पाकिस्तानबीच खेल हुनेछ भने अपरान्ह ५ः३० बजे बङ्गलादेश र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, पहिलो खेल औपचारिकताको लागि मात्रै खेलिने छ भने दोस्रो खेल समूह ‘ए’को विजेता र उपविजेता छनौटको लागि हुने छ । बङ्गलादेश र भारत यस अघि नै सेमिफाइनलको यात्रा तय गरिसहेका छन् ।

यसैगरी समूह ‘बी’ बाट नेपाल पहिलो बन्दै सेमिफाइनको यात्रा निश्चि गरिसकेको छ । भुटान पनि सेमिफाइनलमा पुगेको छ । अब नेपालले सेमिफाइनलमा ‘ए’ समूहको उपविजेतासँग खेल्नु पर्नेछ । सेमिफाइनलमा उपविजेतालाई हराउन सके नेपालको फाइनल यात्रा पक्का हुनेछ ।