फाइल तस्वीर

काठमाडौं – काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपमा नेपालले श्रीलङ्कालाई हराउँदै सेमिफानलको यात्रा तय गरेको छ । अहिले भर्खरै सकिएको समूह ‘बी’ का यी दुई टिमबीच भएको खेलमा नेपालले श्रीलङ्कामाथि ६–० गोलको विशार अन्तरले हराउँदै सेमिफाइलनमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई पहिलो हाफमा ४–० गोलले पछि पारेको थियो । दोस्रो आफमा नेपालले थप दुई गोल गर्दै श्रीलङ्कामाथि ६–० गोलको जित दर्ता गराउन सफल भयो ।

खेल सुरु भएको नवौं मिनेटमा हिरा कुमारी भुजेलको पासमा रश्मी कुमारी घिसिङले पहिलो गोल गर्दा ११ मिनेटमा सरु लिम्बूले अग्रता दोब्बर बनाएकि थिइन् । यस्तै खेलको १७ औं मिनेटमा अमृता जैसीले नेपालका लागि तेस्रो गोल गर्न सफल भइन् । पहिलो हाफको अतिरिक्त समयमा दीपा शाहीले नेपालका लागि चौंथो गोल गर्दै नेपाललाई ४–० गोलको अग्रता दिलाइन् ।

पूर्वाधको खेलमा अनिता केसीले ७७ र ८८ औं मिनेटमा गोल गर्न सफल भइन् । जस्ले गर्दा नेपाल ६–० गोलले श्रीलङ्कालाई पाखा लगाउन सफल भयो ।

समूह‘बी’ को यस अघि भएको खेलमा भुटानले श्रीलङ्कामाथि ५–० गोलले हराएको थियो भने प्रतियोगिताको उद्घाटन खेलमा भुटान नेपालसँग ४–० गोलले पराजित भएको थियो ।

नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपबिजेतासँग प्रतिस्पर्धा गर्ने छ । नेपालको सेमिफाइनलको खेल बङ्गलादेशसँग हुनेछ ।