काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरु कुल चार हजार नौं सय ५९ जनाको पीसीआर विधि र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा एक सय २७ जना र दुई हजार तीन सय ५९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५२ कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज पछिल्लो २४ घण्टामा एक सय ७१ जना सङ्क्रमण मुक्त भएका छन् । सोही अवधिमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ७१ जना रहेको जनाइएको छ