काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९ सय रुपैयाँ रहेकोमा आज सोमबार ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १ सय रुपैयाँ कायम रहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४ सय रुपैयाँ रहेको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।