काठमाडौं – नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले भदौ २८ गते २८ दिने र ९१ दिने ट्रेजरी बिल गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब पैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल असोज २५ गते परिपक्व हुनेछ । यसैगरी राष्ट्र बैंकले ९१ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल मंसिर २७ गते परिपक्व हुनेछ । यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।