साङ्केतिक तस्वीर


काठमाडौं – साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ४७ अङ्क घटेर १९२६ दशमलव २८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २ दशमलव ०६ अङ्क घटेसँग फ्लोट इण्डेक्स ० दशमलव ९० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ९७ अङ्क घटेको छ ।

आज कारोबारमा आएका २ सय २१ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ तापनि नेप्सेसँगै कारोवार रकमसमेत घटेको छ ।

नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको परिसूचकमा घट्दा एक उपसमूहकोमात्रै सामान्य सुधार भएको देखिएको छ । जसमा अन्य उपसमूहको परिसूचक ० दशमलव २९ प्रतिशत बढेको छ । विकास बैंक, वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।