साङ्केतिक तस्वीर

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा तीन हजार पाँच सय ८७ जनामध्ये १ हजार ५ सय ९२ जनाको पीसीआर विधि र १ हजार ९९५ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । आजको यो सङ्ख्यासँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १४ जना पुगेको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आइतबार २ सय १ जना निको भएका छन् । हाल देशभर २ हजार ३१६ जना कोरोना भाइरसका सक्रिय सङक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।