काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम रहेको छ । यस्ैगरी तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।