फाइल तस्वीर ।

विराटनगर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीले नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले आज शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विचारारार्थ पठाएको विधेयकमा संशोधन गर्न एमाले अध्यक्ष ओलीले सरकारलाई सुझाउनुभ भएको छ । अध्यक्ष ओलीले ‘सरकारले नागरिकता विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक ल्याए हुन्छ,’ भन्दै ‘सरकारले चाहेमा यति काम तीन दिन भित्रै हुन्छ’ भन्नुभयो ।

अध्यक्ष ओलीले ‘तनाव बढाएरमात्रै नागरिकता विधेयकको समस्या समाधान नहुने’ भन्दै ‘विचारारार्थ पठाएको विधेयकलाई जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै भएको’ बताउनु भयो ।