साङ्केतिक तस्वीर

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । कुल तीन हजार ७ सय ४६ जनाको स्वास्थ्य परीक्षण गरिएका मध्ये एक हजार ७ सय १८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १२ जना र दुई हजार २८ एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या १ सय ३० रहेको छ । आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमितहुनेहरु कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय सङक्रमितको सङ्ख्या दुई हजार ४ सय ३० रहेको छ ।