साङ्केतिक फाइल तस्वीर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज शनिबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का भइरहेको विभागले जनाएको छ ।

शनिबार दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । पहाडी भू–भागका केही ठाउँ बाँकी प्रदेशका केही ठाउँमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

शनिबार राति पनि देशभरीको मौसम आंशिकदेखि सामान्य बदली हुने विभागले छ । पहाडी भूभागका केही र बाँकी प्रदेशका केही ठाउँहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर विभागले जनाएको छ ।