श्रीलङ्का – कोलम्बोमा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा भारतमाथि ३–१ जित निकालेको छ । भारतलाई ३–१ ले हराउँदै नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको हो ।

श्रीलङ्काको कोलम्बो स्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाललाई जिताउन सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गरे । खेलमा पहिलो गोल भने भारतले गरेको थियो । २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै नेपाललाई पछि पारेका थिए । खेलको ४५ औं मिनेटमा सरोजले तथा ४९ औं मिनेटमा उनेशले र ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाए ।

समूह बीमा खेलेका दुवै खेल जितेको नेपाल ६ अङ्कसहित समूह विजेता बनेर सेमिफाइनलम पुगेको छ । भारत भने ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहमा रहेको भूटान भने अङ्कविहीन रहँदै यसअघि नै च्याम्पियनसिपबाट बाहिरिएको छ । खेलमा भारतले २५ औं मिनेटमा ड्यानी मेतीको गोलमा अग्रता लिएको थियो ।