काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन ९३ हजार रुपैयाँ ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढ्दै एक हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।