फाइल तस्वीर

काठमाडौं – महिला साफ च्याम्पियनसीपअन्तर्गत छैटौं संस्करण अन्तर्गत आज शुक्रबारको खेल समूह ‘बी’ का श्रीलङ्का र भुटानबीच हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यी दुई टिमले जित आफ्नो पक्षमा पार्ने रणनीतिका साथ मैदानमा उत्रने भएका छन् ।

श्रीलङ्का र भुटानबीच चार पटक आमन्ने सामन्ने भिडिसकेका छन् । चार पटकको खेलमा श्रीलङ्काले तीन जित निकालेको छ भने एक खेल बराबरी भएको थियो । आजको खेलमा भुटानले श्रीलङ्कामाथि जित निकाल्ने दाउमा छ ।

उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० गोलको अन्तरले सहज जित निकालेको थियो । आजको खेल पछि नेपाल र श्रीलङ्काबीच २८ गते खेल हुनेछ ।