फाइल तस्वीर

काठमाडौं – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले पदबाट राजीनामा दिनुपर्ने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले आज शुक्रबार कास्कीको पोखारा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ‘पोलिटिकल इस्यू’ बनाउन खोज्नु भएको दावी गर्नुभयो । ‘मैले केहीदिन अघि राष्ट्रपतिजीसँग भेटेर कुरागर्दा उहाँले यो विषयलाई राजनीतिक विषय बनाउने मुडमा रहेको देखेको थिएँ’ अध्यक्ष प्रचण्डले भन्नुभयो । ‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना छ भन्दै अध्यक्ष प्रचण्डले ‘नागरिकता विधेयक प्रमाणीकरण नभए अदालतमा जान्छ । अदालतको फैसलापछि जान्छ । उहाँले पदबाट राजीनामा दिनुपर्छ ।’

राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन भन्दै ‘दोस्रो पटक पनि प्रमाणीकरण भएन भने या त राजीनामा दिनुपर्छ या त अदालतमा जान्छ भनेको थिएँ । यो अनुमानको कुरा हो मलाई लाग्छ राष्ट्रपतिज्यूलाई प्रमाणीकरण गर्नुहुन्छ’ अध्यक्ष प्रचण्डको भनाई छ ।