फाइल तस्वीर

कोलम्बो – साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्ने भएको छ । श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आजको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ ।

चिरपरिचित यी दुई प्रतिद्वन्द्वी एकले अर्कोलाई हराउने रणनीतिमा मैदानमा उत्रने छन् । आजको खेलमा नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । यता भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ ।

समूह ’बी’ मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ । तीत अङ्क जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा रहेको छ । नेपाल भारतलाई हराएर स्पष्ट तीन अङ्कको खोजिमा छ ।