फाइल तस्वीर

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाटै निलम्बन गरेको छ । क्यानको कार्यसम्पादन समितिको आज बिहीबार बसेको बैठकले सन्दीपलाई क्रिकेट टिमबाटै निलम्बन गर्ने निर्णय गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिनुभएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान लामिछानेमाथि यतिबेला बलात्कारको आरोप लागेको छ । १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा सन्दीपलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिए लगत्तै क्यानले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

आरोपित सन्दीप लामिछाने यतिबेला क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इण्डिजमा छन् । अब प्रहरीले उनलाई जुनसुकै बेला पक्राउ गर्न सक्नेछ ।