साङ्केतिक तस्वीर

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण उपचारकै क्रममा एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४०१ कोरोना परीक्षण गर्दा २२७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ५१८ जनाको पीसीआर परीक्षण गर्दा १३७ र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल मुलुकभर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७३ जना रहेका छन् ।