फाइल तस्वीर

वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिट बाँडफाँट नभए गठबन्धन गर्नुको कुनै औचित्य नभएको बताउनु भएको छ । मधेस विश्वविद्यालयको कार्यालय भवनको उद्घाटन गर्न वीरगञ्ज पुग्नुभएका यादवले यस्तो धारणा राख्नुभएको हो ।

मधेश प्रदेशको वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालयको कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष यादवले तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन । सबै दललाई वीन वीन हुने गरी अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

जसपाले ३२ सिट दाबी गरेको छ । हुन त हाम्रो दाबी ३२ सिटमै छ । यो छलफल र समझदारीको विषय पनि हो, समझदारी गर्दा कहाँ गएर टुङ्गिन्छ । त्यसलाई स्वीकार गरेरै अघि बढ्छौं’ जसपा अध्यक्ष यादवले भन्नुभयो ।

सिट बाँडफाँट कार्यादललाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ । कार्यदलकोे प्रतिवेदन आएपछि मात्रै नेताहरुसँग बसेर छलफल गरी बाँकी बाँडफाँडका कुरा टुङ्ग्याउने नेता यादवको भनाइ थियो ।

सरकारले मधेस विश्वविद्यालयका लागि खारेजभएको नेशनल ट्रेडिङ लिमिटेडको १५ कठ्ठा जमिन लिएर कार्यालय स्थापना गरिएको छ । पर्सा जिल्लामा करिब एक सय बिगाह जमिनको व्यवस्थापन गरेर विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाइने भएको छ ।