फाइल तस्वीर

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग गुहार मागेका छन् । जबरजस्ती करणीको आरोप लागेपछि कप्तान सन्दीपले क्यानसँग यस्तो याचना गरेका हुन् ।

कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गर्दै आफु नेपाल फर्किर कानुनी लडाइँ लड्ने बताएका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इण्डिज (जमैका)मा रहेका सन्दीपले क्यानका सचिवसँग कानुनी उपचारका लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रहारीले यस विषयमा छानविन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिनेभन्दा पनि छानविनमा सहयोग गर्ने क्यानले जनाएको छ ।

एक १७ वर्षीया एक बालिकाले आफुलाई जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपमाथि बलात्कारको आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दले यस सम्बन्धमा क्यानका पदाधिकारीहरु छलफल गर्नुभएको थियो । सन्दीप सीपीएलको खेलेर मात्र फर्कने भएका छन् ।