काठमाडौं – साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज बिहीबार प्रतितोला २५ रुपैयाँले बढेर १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।