एजेन्सी – भियतनामको दक्षिणी सहर थुआनको केराओको बारमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य धेरै मानिसहरु आगलागीमा परी घाइते भएका छन् ।

भियतनामको सरकारी मिडियाका अनुसार मङ्गलबार राति केराओके परिसरको दोस्रो तलामा आगलागी र त्यसबाट निस्किएको धुवाँमा धेरै ग्राहक कर्मचारी फसेका थिए । त्यहाँबाट निस्किने आतपकालीन द्वार पनि बन्द भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार दोस्रो तलाबाट सुरु भएको आगो तत्कालै तेस्रो तलामा पुगेको थियो, जहाँ सजिलै बल्ने कुराहरु थिए ।

आगलागीमा परी मृत्यु हुनेमा १७ पुरुष र १५ महिला छन् । आगलागीको समयमा बारभन्दा बाहिर पनि ६० जना मानिसहरु थिए । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।