फाइल तस्वीर

काठमाडौं — साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको दोस्रो खेल बङ्गलादेशले सहज जित निकालेको छ । पहिले हाफसम्म ३–० गोल गरेको बङ्गलादेशले पछिल्लो हाफमा भने कुनै गोल गर्न सकेन । पछिल्लो हाफमा माल्दिभ्सले सुधारिएको खेल खेल्दै खेलमा फर्किने प्रयास गरेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको सुरुआतदेखि माल्दिभ्समाथि बलियो पकड बनाएको बङ्गलादेशले खाता भने ३३ औं मिनेटमा खोल्न सफल भएको थियो ।

आजै दिउँसो भएको ‘ए’ समूहको पहिलो खेल भारत र पाकिस्तानबीच भएको थियो । जसमा भारतले पाकिस्तानमाथि ३–० गोलको अग्रता बनाउँदै जित निकालेको थियो । भारत यस अघिका पाँचौं संस्करणको उपाधि चुमेको टिम हो ।