काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३६ जनाको नमुना परीक्षण गर्दा २ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या २ हजार ५ सय ५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९ जना कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ४२ जना, भक्तपुरमा तीन जना र ललितपुरमा चार जना सङ्क्रमित थपिएका हुन् ।

आज दुई हजार ३ सय ८० जना होम आइसोलेसनमा र १ सय २५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये ३२ जना आईसीयू र तीनजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।