काठमाडौं –साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । आइतबारदेखि लगातार तेस्रो दिनसम्म बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले छटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम गरिएको छ ।

यस्तैगरी तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।