साङ्केतिक तस्वीर

मुगु – मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा नं १३ बामका २६ वर्षीय गोरा बहादुर बढुवालको मृत्यु भएको हो ।

नगरपालिकाको १४ नं वडामा रहेको पिलेको धारा भन्ने स्थानमा भिर बाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि मृतक बढुवाल भेडा चराउँदै जङ्गलमै बसोबास गर्दै आईरहेका थिए ।

उनको शव जिल्ला अस्पताल मुगुमा राखिएको प्रहरीले जनाएको छ ।