फाइल तस्वीर

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रममण पुष्टि भएको छ । आज कुल चार हजार पाँच सय ९० जनाको स्वास्थ्य परीक्षण गर्दा तीन सय जनामा उक्त भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


एक हजार ९८१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १७७ जनामा र दुई हजार ६०९ एन्टिजेन विधिबाट परीक्षण गर्दा १२३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा १२४ जना सङक्रमणमुक्त भएका छन् । आज कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५७ जना रहेको छ ।