फाइल तस्वीर

किभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथिको जारी रुसी हमलालाई बिफल पार्न बेलायतबाट किभलाई सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की भएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस्तो विश्वास प्रकट गर्नुभएको हो ।

बेलायतमा हालैसम्पन्न विभिन्न चरणको निर्वाचनपछि जिल ट्रस सोमबार कन्जर्भेटिभ नेता चुनिनु भएको थियो । विदेशमन्त्री रहनु भएकी लिज ट्रस आज बेलायतको प्रधानमन्त्री नयाँ प्र्रधानमन्त्री बन्दै हुनुहुन्छ । बेलायतको इतिहासमा उहाँ तेस्रो महिला प्रधानमन्त्री हुनुहुनेछ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा आफू बेलायतकी नयाँ प्रधानमन्त्री ट्रससँग सहयोगको सुरुवातको लागि तत्पर रहेको बताउँदै ‘हामी सँगसँगै हाम्रा नागरिकको रक्षा गर्न र सबै रुसी विनाशकारी प्रयासलाई विफल पार्न सक्षम हुनेछौं’, भन्नुभएको छ ।

गत फेब्रवरी २४ तारिखमा युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको थियो । त्यसपछि बेलायतले रुसी आक्रमणप्रति विरोध गर्दै युक्रेनप्रति समर्थन जनाउँदै आएको छ ।