फाइल तस्वीर

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरक्षेत्रमा निर्माण भएका अवैध संरचनाहरु हटाउने कार्यलाई तिव्रता दिएको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले आज सोमबार गोंगबु बसपार्क क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचनाहरु हटाउन सुरु गरेको हो ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भएको छ । मैपीदेवीबाट मित्रनगर तर्फ जाने सडकमा अहिले महानगरले डोजर प्रयोग गरेर अवैध संरचनाहरु हटाइरहेको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

महानगरले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको लागेपछि भीडलाई नेपाल प्रहरीको साथ लिएर हटाइ अनधिकृत संरचनाहरु भत्काइएको महानगरले जनाएको छ ।